
भक्तपुर । नौ दिनअगाडि मोटरसाइकलको ठक्करबाट घाइते भएर उपचार गराइरहेकी एक महिलाको निधन भएको छ ।
असोज १८ गते साँझ ६:२० बजे कमलबिनायकबाट च्यामासिंहतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२-०१४ प ३३८७ नं को पल्सर मोटरसाइकलले पैदलयात्री स्थानीय ७० वर्षीया नक्कली प्रजापतीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको सुरुमा ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर उपचार गरिएको थियो ।
त्यहाँबाट थप उपचारको लागि मध्यपुर अस्पताल ठिमीमा ल्याएर उपचार गराउने क्रममा उनको हिजो बेलुका निधन भएको हो ।
प्रहरीले वृद्धालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले मोटरसाइकल चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-४ झौखेल बस्ने बर्ष १८ को उज्वल भडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
भडेललाई प्रहरी वृत्त जगाती राखेर अनुसन्धान भइरहेको छ ।