
काठमाडौं । भक्तपुरमा आज बिहान ००:१५ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको निधन भएको छ ।
सूर्यविनायक नगरपालिका-५ श्रृजनानगर चोकमा भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको टिपरमा सोही दिशा तर्फ जाँदै गरको बा. ९७ प. २९५० नम्बरको मोटरसाईकल ठक्कर खाएको थियो ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल काठमाडौं काँडाघारी बस्ने बर्ष १८ को शिव आलेमगर र मोटरसाइकलमा सवार चौतारा साँगागढी नगरपालिका-८ घर भई हाल सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईट बस्ने बर्ष २३ को राम शरण थापामगर घाइते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी अस्पताल लगिएकोमा मोटरसाइकल चालक शिव आलेमगरको उपचार भईरहेको छ ।
पछाडी सवार राम शरण थापामगरलाई थप उपचारको लागि राती ०१:५५ बजे नर्भिक अस्पताल लगिएकोमा उपचारकै क्रममा राती ०२:१४ बजे निधन भएको छ ।
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको ।
हालसम्म टिपर फरार रहेकोले खोजतलास कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।