
भक्तपुर । भक्तपुरको सिर्जनानगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।
आज भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अन्दाजी २/३ दिनको जस्तो देखिने सालनालसहितको शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
स्थानीयले खबर गर्नेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सालनालसहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा भेटिएको जनाएको हो।
मृत शिशु (छोरा) भएको जनाइएको छ ।
घटनाबारे प्रहरी वृत्त जागतीबाट अनुसन्धान सुरु भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।