
मकवानपुर । तीन दिन लगाएर प्रहरीले १५ बिगाहा खेतबारीमा लगाइएको लागुऔषध गाँजाका बोटहरू नष्ट गरेको छ ।
असोज ६,७ र ८ गते ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार राक्सिराङ गाउँपालिकाको धाधुङ, सुकेल तेन्चुराङ्, खुर्कोट, चौकीटार, साईता लगायतका स्थानमा लगाइएको गाँजा खेती फडानी पश्चात आगो लगाएर नष्ट गरिएको हो ।
गाँजा तयार हुनै नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यसवर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको प्रवक्ता भण्डारीले बताए ।
कतिपयले परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी खेतबारीको बीचमा गाँजाको खेती गरेको प्रहरीको भनाइ छ। किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन्।