
मकवानपुर । विभिन्न देशका मुद्रासहित एक भारतीय नागरिक हेटौंडाबाट पक्राउ परेका छन् ।
हिजो (आइतबार) साँझ पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगर-१५ रातोमाटे चेक प्वाईन्टमा सवारी साधन चेकजाँच गर्दा विभिन्न देशका मुद्रासहित भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दास प्रहरीले नियन्त्रणमा लिएको हो ।
हेटौडा बाट बिरगंज तर्फ जादै गरेको ईलोक्ट्रोनिक माईक्रोमा सवार रहेका दासले बोकेको झोलाबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला परेको थियो ।
उनको साथबाट ५० दरका ८० थान युरो, एक हजार दरका १३३ थान जापानी मुद्रा, विभिन्न दरका साउदी रियाल गरी १६ हजार ३१५ बरामद भएको हो ।

बरामद भएको विदेशी मुद्राको नेपाली रकम तेइस लाख अठ्तीस हजार भन्दा बढी हुने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।