
चितवन । गोहीको आक्रमणमा परेर चितवनमा एकजनाको निधन भएको छ ।
जिल्लाको रत्ननगर नगरपालिका-५ मा रहेको जनकौली सामुदायिक वन भित्र रहेको ढुङ्गे खोलामा माछा मार्न गएका एक व्यक्तिलाई गोहीले आक्रमण गरेको थियो ।
स्थानीय ४४ वर्षीय फगुना महतोलाई गोहीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।