
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका पाँगा एरियामा गैर कानुनी रुपमा कल सेन्टर संचालन गरी रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उक्त कल सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रविसे नगरपालिका-७ घर भई हाल किर्तिपुर नगरपालिका पाँगा बस्ने बर्ष २० को मिलन थापा रहेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार बेलुका पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उक्त कल सेन्टरबाट ३७०० थान एनसेलको सिमकार्ड, विभिन्न कम्पनीका २३ वटा ल्यापटप र २७ व्यक्तिका नागरिकता बरामद भएको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।