
काभ्रे । गाइबस्तुका लागि स्याउला काट्ने क्रममा रुखमा छोएको नाङ्गो तारको करेन्ट लागेर घाइते भएकामध्ये एक जनाको निधन भएको छ ।
जिल्लाको पाँचखाल नगरपालिका-१० ढुङ्गेटारमा हिजो (सोमबार) बेलुका उनीहरू घाइते भएका थिए ।
स्थानीय ५८ वर्षको काइला तामाङ र उनको भाई वर्ष ४२ को कान्छा तामाङलाई करेन्ट लागेको हो ।
घाइते दाजुभाईलाई उपचारको लागि धुलिखेल अस्पतालमा ल्याइएको थियो ।
उपचारको क्रममा दाजु काइला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कान्छा तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।