
बागलुङ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका व्यक्तिको उपचारको क्रममा निधन भएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका-१ पाला बस्ने ५४ वर्षीय जित बहादुर किसानको करेन्ट लागेर गएराति मृत्यु भएको हो ।
आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आइतबार बेलुकी करेन्ट लागेर गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।