
कुश्मा । पर्वतको जलजला गाउँपालिका-२ तमिला खर्कमा एक महिलामाथि कुटपिट गर्दै जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय २८ वर्षीय राजन कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतको सूचना शाखाले जनाएको छ ।
कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।