जनकपुरधाम । धार्मिक स्थल जानकी मन्दिरको विवाह मण्डप भित्र अश्लिल हर्कत देखाएर टिकटक भिडिओ बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
एक युवकले महिलाको संवेदनशिल अंगमा हात राखेको टिकटक भिडिओ बनाएर उक्त भिडिओ टिकटक प्लेटफर्ममार्फट अपलोड गरेका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि भिडिओ बनाउने ब्यक्तिहरूको खोजी गर्दा सोही भिडिओमा देखिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भिडियोमा अश्लिल हर्क गरिरहेको देखिएका युवा औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी वर्ष १८ को अनिरूद्र यादवलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।
डिएसपी गौतमका अनुसार उक्त भिडिओमा देखिएकी युवती र सो भिडिओ खिच्ने व्यक्तिको खोजतलास जारी छ ।