
काठमाडौं । क्यानोनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा लडेकी युवतीको उपचारको क्रममा निधन भएको छ ।
बुधबार दिउँसो ३:३० कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा रहेको पोखरा क्यानोनिङ प्रा.लि ले सञ्चालन गर्ने ‘द वाटर रिट्रिट’ मा झरनाबाट झर्ने क्रममा पोखरा महानगरपालिका-२६ बुढिबजार बस्ने बर्ष २२ की अन्जिता भण्डारी लडेर घाइते भएकी थिइन् ।
घाइते भएकी भण्डारीको तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा बेलुका ४:५० बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क. ले केटिएम दैनिकलाई बताए ।