वीरगन्ज । सर्टगनमा प्रयोग हुने १९ वटा गोलीसहित एक युवकलाई प्रहरीले वीरगन्ज महानगरपालिका-१६ भानुचोकबाट नियन्त्रणमा लिएको छ ।
आइतबार (हिजो) बेलुका ९:३० बजे शङ्कास्पद रूपमा हिँडिरहेका एक व्यक्तिको साथबाट प्रहरीले विभिन्न नाम लेखिएका सर्टगनमा १९ राउन्ड गोलीसहित नियन्त्रणमा लिएको हो ।
यसरी पक्राउ पर्नेमा भारत विहार पश्चिमी चम्पारण जिल्ला घर भएका वर्ष २२ का मुरारी कुमार कुशवाह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए ।
उनको साथबाट १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली १५ राउन्ड, केएफ १२ लेखिएको ४ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी बुढाथोकीले बताए ।