
काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ ।
“स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३” मा आयोजित एक समारोहमा उनलाई सम्मान गरिएको हो ।
सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा संलग्न भएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी हुन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको दाबी गर्दछ ।
सीईओ पाठकलाई अघिल्लो वर्ष नेपालको प्राविधिक क्षेत्रमा गरेको योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको थियो।
सीईओ बोहराको नेतृत्वमा, भायानेटले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गर्न सफल भएको छ । साथै ५१ शाखाहरूमार्फत १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।