काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ बल्खु कुमारी क्लब नजिक दिउँसै चोरी भएको छ ।
उक्त स्थानमा डेरा गरी बस्ने गोरखा घर भएकी २८ वर्षीया ईश्वरी फुयाँलको कोठाबाट नगद तथा सुनका विभिन्न गहना समेत गरी करिब ८ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल मङ्गलवार दिउँसो चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा चोरीका घटनाहरू बढिरहेका हुनाले प्रहरीले बाहिर निस्कनुअघि ताला चाबी राम्रोसँग बन्द गरेर निस्कन आम मानिसहरूलाई आग्रह गर्दै आइरहेको छ ।