सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिका-३ का वर्षबहादुर ऐडीको घरमा शुक्रवार आगलागी हुँदा रु एक लाख ६५ हजार बराबरको क्षति भएको छ ।
उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति भएको छैन ।
मिमी प्रहरी चौकीको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण लिएको छ ।