बैतडी । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ ।
शिवनाथ गाउँपालिका-२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।