
मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका-५ दरदरामा कुलोमा बगेर एक वर्षीया बालिकाको निधन भएको छ ।
सोही ठाउँमा बस्ने कल्पना थिंङको छोरी सरिना डिमडुङको निधन भएको हो ।
घरको दक्षिणपर्टी रहेको कुलोमा खेल्ने क्रममा बगेकी सरिना बेपत्ता अवस्थामा एक किलोमिटर तल कुलोमा फेला पारेकी थिइन् । उनलाई तत्कालै उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा बेलुका चिकित्सकले मृत घोषित गरेका हुन् ।