काठमाडौं । वैशाख ३ गते बेलुका ललितपुरको महालक्ष्मीस्थान शिबशक्ति पेट्रोल पम्प अगाडी एक वृद्ध महिलालाई ठक्कर दिएर फरार रहेका स्कुटर चालक २१ दिनपछि पक्राउ परेका छन् ।
चापागाउँदोबाटोबाट महालक्ष्मीस्थान तर्फको रिङरोड सडकको सर्भिसलेनमा बाटो काट्दै गरेकी ८१ वर्षीया मिश्रीमाया दर्शनधारीलाई ठक्कर दिएर फरार भएका थिए ।
प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा उक्त स्कुटर प्रदेश ३-०२-०१४प २४८७ नम्बरको रहेको र चालक विवेक केसी रहेको खुलेको थियो ।
जिल्ला प्रहरी परिसर, ललितपुलले हिजो केसीलाई स्कुटरसहित पक्राउ गरेको हो । पक्राउ परेका केसीमाथि ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए।