काठमाडौं । ट्याक्सीमा सवार यात्रुले छाडेको ४० लाल सुनको तिलहरीसहितको झोला चालकले सम्वन्धित धनीलाई फिर्ता गरेका छन् ।
वैशाख १९ गते साँझ ललितपुरको कुपण्डोल देखि लोलाङ हाइटसम्म यात्रा गर्ने क्रममा बा २ ज ४६५८ नम्बरको ट्याक्सीमा चढेका कपिल अधिकारीले ४० लाल सुनको तिलहरी र लत्ताकपडा सहितको झोला छाडेका थिए ।
अधिकारीले ट्याक्सीमा तिलहरीसहितको झोला छुटेको भन्दै बिहीबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा निवेदन दिएका थिए ।
अधिकारीको निवेदन पश्चात ट्राफिक प्रहरीले ट्याक्सी चालकको नम्बर पत्ता लगाएर सम्पर्क गर्दा उनले उक्त झोला सुरक्षित राखेको पाइपछि ट्राफिक कार्यालयमा सोही दिन उक्त सामान सम्वन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।
ट्राफिक प्रहरीले यात्राका दौरान आफ्ना सामानहरू छुटेको खण्डमा प्रहरीलाई जानकारी गराउन अनुरोध गर्दै आइरहेको छ ।