काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरी नगरपालिका-६ मुलपानीस्थित एक घरमा दिउँसै चोरी भएको छ ।
मुलपानी गजुरेल डाँडा नजिक बस्ने बलराम गजुरेलको घरबाट नगद ४ लाख ५० हजार रूपैयाँ र १.५ तोला बराबरको सुनको गरगहना बिहीबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घरबाट बाहिर निस्कने क्रममा आफ्नो घरको झ्याल वा ढोका राम्रोसँग बन्द गर्न प्रहरीले बारम्वार सर्वसाधरणलाई आग्रह गर्दै आइरहेको छ ।