काठमाडौं । नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । १५ बैशाख, २०८० मा नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको थियो ।
“बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ,” नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने।
कार्यभार सम्हाल्दै नवनियुक्त सिइओ पोखरेलले भने, “बैकिङ् प्रणालीमार्फत डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि डिजिटल सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने काममा धेरै केन्द्रित हुनेछु।“
पोखरेलसँगै बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २७ वर्ष भन्दा बढी समय काम गरेको अनुभव छ ।
यसअघि पोखरेलले एफ वान् सफ्ट इन्टरनेशनलमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्।
उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौँ र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।