काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी एक युवाबाट रकम लिएर सम्पर्कबिहीन भएकी महिला पक्राउ परेकी छन् ।
यसरी पक्राउ पर्नेमा नबानेश्वर थापागाउँ बस्ने वर्ष ५१ की बिमला थापा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
थापाले कमल चौधरीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाएर राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै रकम लिई सम्पर्क विहीन भएकी थिइन् । चौधरीले आफू ठगिएको थाहा पाएपछि वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागमा थापाको खोजी गरेर कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेसँग अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको टोलीले थापालाई बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।