ललितपुर । ललितपुरको ग्वार्कोबाट वन्यजन्तु सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान १०:०० बजे ग्वार्कोमा अबैध बन्यजन्तु सालकको खपेटा सहित दुई जना लुकीछिपी बेचबिखन गर्न हिडिरहेको भन्ने बिषेश सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँबस्ने बर्ष-३६ को डगरमान डिमडुङ्ग र गोदावारी–७ थैव बस्ने बर्ष-३५ को सुरज तामाङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ५०० ग्राम सालकको खपेटा बरामद गरेको छ । नियन्त्रणमा लिइएका दुईजनालाई थप अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाईएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।