कर्णाली । कर्णाली प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिएका छन्।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् ।
मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामूहिक राजीनामा दिएका थिए ।
मुख्यमन्त्री शर्माले गत माघ ११ गते उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए। एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने भएको छ ।
एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका उनले माघ ६ गते विश्वासको मत लिएका थिए।