काठमाडौँ । काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ ।
लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रवारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे ।
कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचार-प्रसार गर्नसके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
लायन्स क्लब अफ काठमाडौँ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए।
प्रदर्शनीमा ५० चित्रकला राखिएको छ ।