बारा । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
जितपुरसिमारा उपमहानगरपालिका-१ हुलासअगाडी वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख २१४८ नम्बरको बसले साईकललाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।
बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुहरूको अल्पाईन अस्पताल सिमारामा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।