काठमाडौं । धादिङमा सालकको खपटा र जिउँदो हुचिल सहित दुई व्यक्ति हिजो साँझ पक्राउ परेका छन् ।
बिशेष सुचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्युरोको र ईलाका प्रहरी कार्यालय खानिखोलाको संयुक्त टोलिले हाप्सेचौरबाट नौविसे तर्फ आउँदै गरेको बा.प्र.३-०३-००१ ह ८५८ नं.को अटोमा सवार दुई व्यक्तिको साथमा सालकको खपेटा र जिउँदो हुचिल बरामद गरेको हो ।
यसरी पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका-१२ लिति बस्ने वर्ष १९ को रमेश स्याङतान र धादिङको थाक्रे गाउँपालिका-५ नयाँगाँउ बस्ने वर्ष ४७ को विनोद लामा रहेको धादिङ प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारले केटिएम दैनिकलाई बताए ।
उनीहरूको चामलको बोरामा निलो प्लास्टिक भित्र लुकाई छिपाई ल्याएको ५.३ के.जी.सालकको खपटा र चाउचाउको कार्टुन भित्र लुकाई ल्याएको एउटा जिउँदो हुचिल बरामद भएको हो ।
पक्राउ परेका दुवै व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सव- डिभिजन वन कार्यालय नौविसे बुझाइएको प्रवक्ता जैसवारले बताए ।
प्रहरीका अनुसार बरादम भएका बस्तुहरूको बजार मूल्य अन्दाजी २० लाख रहेको छ ।