सरकार त्यसको जोवन मेरो हो, त्यसको योनी मेरो हो ।
मेरो मर्दै नमर्ने प्यास त्यसको हो, त्यसैले मेटाउनुपर्छ ।
म बौलाएको छु, सन्किएको छु, मेरो रिस पोख्न त्यसकै योनी पाउनुपर्छ ।
हिजो जिजुको वैंस मर्दै गर्दा, तलाईंसँगै सती लगेकै हो ।
वस्तुसरि तँ माथि अर्को माथि अझै अर्को थपेकै हो ।
म सनक्क सन्किँदा तँ शान्त हुनु, रन्किन मैले मात्र पाउनुपर्छ ।
जति चाहियो उति, जहाँ पायो त्यहीं, मति छाड्न मैले मात्र पाउनुपर्छ ।
बुद्धि विज्ञान सबै मेरो, तेरो न कुनै अस्तित्व न कुनै सतित्व
मैले लुटेँ तेरो सतित्व जोगिने हो, तैंले बोले तेरै सतित्व लुटिने हो ।
त्यसैले तँ चुप लाग्, तेरो शरीरमा म अर्जिण हुनु छ, बसेर पुर्पुरो तैंले धुनु छ ।
मालिस, मल्मह खुट्टा सिरानी सुख त्यहीं हो तेरो , म रातो टाटो तन्नामा रमाउँछु ।
म मातिन्छु होस् तेरो जाने हो, हातमा हतकडी लगाई तंलाई नै लाने हो ।
त्यो कोही हैन, त्यसको कोही छैन, त्योसँग जे छ त्यो सबै मेरो हो ।
त्यसैले उ लेखिएको त्यो न्याय पन्ना डढाई देऊ, उ अट्ने कुनै ठाउँ भए लडाइ देऊ ।
सरकार मलाई न्याय चाहियो पटक-पटक बलात्कार गर्न देऊ !!