काठमाडौं । काठमाडौं महानगरपालिका-५ कैलाशमार्गमा दिउँसै चोरी भएको छ ।
उक्त स्थानमा डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएकी रिता मानन्धरको कोठाबाट सोमबार दिउँसो नगद तथा सुनचाँदीका विभिन्न गरगहना चोरी भएको हो ।
चोरी भएको गरगहनाको अन्दाजी मूल्य रु ४ लाख ५३ हजार रुपैयाँ रहेको जनाइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।