काठमाडौं । नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख नेपाल आउने भएका छन् ।
काठमाडौंको टुँडिखेलमा भोली हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका प्रमुखहरु नेपाल आउन लागेका सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । शिवरात्रिका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमन्त्रण गरिएको थियो ।
जसअनुसार मनोजमुकुन्द नरभणे, दलवीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र विश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने भएका उनको भनाई छ । नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ।
हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गरिन्छ । यसपटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।