
पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
आफैँले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।
उनले सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जानकारी गराएका छन्। भुसालले लेखेका छन्, ‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो-चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’