
प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट उनी निर्वाचित भएका हुन् ।
जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।