प्रेमिकासँगको अन्तरंग भिडिओ सामाजिक सञ्जाल टेलीग्राममा निर्माण गरिएका विभिन्न च्याटग्रुपहरुमा हाल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी-प्रेमिकाको बहानामा गरिएका अन्तरंग क्रियाकलापको श्रव्यदृश्य तथा तस्विरहरू रेकर्ड गरेर विभिन्न च्याटग्रुपहरुमा शेयर गरेको आरोपमा रोजित आले मगर पक्राउ परेका हुन् ।
धादिङको थाक्रे गाउँपालिका-७ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने वर्ष १८ को रोजित आले मगरलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएको हो ।
पक्राउ परेका मगरलाई अदालतका चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपति कुमार रायले बताए ।
रायका अनुसार आर्थिक लाभ लिने उद्देश्यका साथ उनले यस्ता काम गरेको प्रहरीसँग बताएका छन् ।