तनहुँमा ढुङ्गाले हानेर आफ्नो श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।