सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ । विवादको कारण केही समय रोकिएको यस क्षेत्रको नतिजा आउन केही ढिलाई भएको छ । निर्वाचन अधिकृतको कार्यालयको अनुसार त्यहाँको मतगणना अन्तिम चरणमा पुगेको छ ।
आज बिहान ७:४० बजेसम्मको मतगणना अनुसार सूचना तथा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की त्यहाँ झिनो मतले अगाडि छन् ।
कार्कीले २९ हजार ३१७ मत पाउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले २९ हजार २९२ मत पाएका छन् । उनीहरूबिच जम्मा २५ मतको अन्तर छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विध्यानन्द यादव तीन हजार ११३ मतसहित तेस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जिवन कुमार श्रेष्ठ तीन हजार ७६ मतका साथ यादवलाई पछ्याइरहेका छन् ।