आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले ग्राहकहरूका लागि आकर्षक अफर लिएर सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१% सम्म छुट पाउनेछन्।
भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।
यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले रु. १५० प्रति महिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउन सक्नेछन्।
वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१% सम्म छुट पाउन सक्नेछन्। यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४ हजार ३३५ सम्मको मुल्यमा खरिद गर्न पाउने छन्।
यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।
थप जानकारीका लागि: https://www.vianet.com.np/worldcupoffer/