नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन लिमिटेड आईपिओ जारी गर्ने तयारी गरेको छ। सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेटले सन् २०११ मा पहिलोचोटी फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेको थियो।
त्यस्तै सन् २०१६ मा कम्पनीले आईपीटीभी सेवाहरू ल्याएर केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गरेको दाबी गरेको छ। भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच-अप टिभी जस्ता सुविधा ल्याएको छ।
उपत्यका र सहर क्षेत्रमा बलियो रुपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर ३० सहरमा विस्तारित भईसकेको छ।
आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले आईपियो ल्याउन लागेको जनाएको छ ।