नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको प्रचण्डको सचिवालयले जनाएको छ ।
उनी पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पीडित छिन् । उक्त रोगलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । पिएसपी एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।
यसअघि दाहालको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा र सिंगापुरमा समेत उपचार गरिएको थियो । केही वर्ष अगाडी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लगिएको थियो ।
विभिन्न देशमा सीताको उपचार भए पनि २० को १९ नभएपछि आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा केही राहत हुन्छ कि भनेर रामदेवकोमा उपचार गरिएतापनि त्यसले खासै सुधार भने गर्न सकेको थिएन । मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्।