प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकासित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन प्रकासित भएको थियो । काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको बुझिएको छ ।
केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत फोनमा कुरा गर्न आम नागरिकको नाम र नम्बर फेसबुक म्यासेन्जरमा उपलव्ध गराइदिन अनुरोध गरेको विषयलाई लिएर कार्टुन बनाएको छ । कार्टुनमा आम नागरिकले अध्यक्ष ओलीलाई टेलिफोनमा सोधेका विषयहरू सुन्न नसकेर टेबुलमुनी लुकेको देखाइएको छ ।
पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुन के कसरी सम्प्रेषण भएको हो ? यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।
पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।