घाँटीमा मासुको हड्डि अड्किँदा लमजुङमा पनि एकजनाको निधन भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हिजो चितवनमा पनि मासुभात खाँदा हड्डि अड्किएर एक जनाको निधन भएको थियो । चितवनको कालिका नगरपालिका-८ गैरीबारी बस्ने ५० वर्षको धन बहादुर दानी क्षेत्रीले हिजो (सोमबार) बेलुका आफ्नै घरमा मासु भात खाने क्रममा घाँटीमा हड्डी अड्किएको थियो ।
बेलुका ७:३० घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा चिकित्सकले ८:१५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।