हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रु अलपत्र परेका छन् । विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकिरहेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका हुन् ।
हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाईयात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् ।
निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती ब्यहोर्नु परिरहेको यात्रुहरू बताउँछन् ।