
दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा चालक धामीसहित २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते चार जनामध्ये जिप चालक धनबहादुर धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटना दुर्घटना भएको हो ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।