काठमाडौं महानगरपालिका-७ चाबहिल बुलबुले डेरा गरी बस्ने झापा घर भएका ३६ वर्षीय प्रकाश थापाको कोठाबाट करिब ६ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ ।
अपरिचित व्यक्तिले झ्यालको ग्रिल निकालेर कोठामा प्रवेश गरी उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन् ।