कलाकार हरिवंश आचार्यले कुलमान घिसिङ्ले चुनाव लड्ने चर्चा सुनेर खुशी रहेको बताए । शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आचार्यले कुलमानलाई शुभकामना दिएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे ।
विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको उनले बताए । विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको उनले गुनासो गरे ।
विद्युतको क्षेत्रमा भएको उपलब्धि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताएका छन् ।