अत्यधिक फ्यान फलोइङ भएकी आरजे हुन् सविना कार्की । कान्तिपुर रेडियोमा विभिन्न कार्यक्रम चलाउँदै आएकी कार्की पछिल्लो समय पोडकास्ट चलाउँछिन् ।
तिनै कार्की विवाह गरेको ११ वर्षपछि आमा बन्दै छिन् ।
उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् ।
उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा बन्ने तर्खरमा छु । यस आमा शब्दको गुञ्जन सुन्ने दिव्य अवसर मलाई पनि मिल्नेछ । तपाईंको आशीर्वाद, शुभेच्छा, माया सधैं लेखिरहनुस् है ।’ १५ वर्षसम्म रेडियो कान्तिपुरमा काम गरेकी सविना २०७३ सालमा सो रेडियो छोडेकी थिइन् । त्यसपश्चात उनी पडकास्टमा व्यस्त छिन् ।
सन् २०११ मा अनिल पराजुलीसँग सविनाले विवाह गरेकी थिइन् ।