नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
केही अभियन्ताले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सिंहलाई आइतबार बिहान पक्राउ गरिएको हो ।
सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो ।
फेसबुकमा स्टाटस लेख्दै सिंहले स्ट्यान्ड अप कमेडी गरेबापत फेसबुकमार्फत ज्यान मार्ने धम्की पाएको उल्लेख गर्दै कलाकारको रुपमा मानवीय त्रुटि हुन सक्ने भन्दै माफी समेत मागेका छन् ।
उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ ।