काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आम जनसमुदायमा अपराधको अर्थ अझै पनि बुझाउन नसकेको बताएका छन् । उनले नेपालमा प्रायः जनतालाई अपराध भनेको नै थाहा नभएको उल्लेख गर्दै साक्षरता बढाउन जरुरी रहेको औँल्याए ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा बुधवार आयोजित ‘उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७९’ कार्यक्रममा मन्तव्य व्यक्त बोल्दै मेयर शाहले भने “नेपालमा प्रायः जनतालाई अपराध भनेको नै थाहा हुँदैन । कतिपय क्रियाकलापहरू हामीले गरिरहेका हुन्छौँ । त्यो अपराध हो र जस्तो लाग्छ ।’
उनले उदाहरण दिँदै भने, ‘बाबुआमाले आफ्ना छोराछोरीलाई कुट्ने गाली गर्ने अपराध हो तर उनीहरूले, मेरा छोराछोरी हुन् । मैले त कुट्न पाइहाल्छु नि भन्छन् । आफ्ना छोराछोरीलाई कुट्नु अपराध हो भन्ने कुरा उनीहरूलाई थाहा छैन । त्यस्तै विद्यालयमा शिक्षकले विद्यार्थीलाई गाली गर्नु अपराध हो त । शिक्षकहरूले हामीले गाली नगरे विद्यार्थी कसरी सप्रन्छ भन्छन् । अपराध के हो भनेर साक्षरता बढाउन जरुरी रहेको छ ।”
उनले भौतिक रुपमा हुने अपराधहरु विस्तारै कम भएपनि साइबर अपराध बढेको जिकिर गरे । उनले विदेशी मुलुकबाट नेपाल आएर कल सेन्टरको नाममा नागरिकलाई सामाजिक सञ्जालबाट ठगि गरिरहेको बताउँदै त्यसलाई नियन्त्रण तथा नियमन गर्नुपर्नेमा जोड दिए ।
भिडिओ