बाँकेको कोहलपुरमा आइतबार करेन्ट लागेर युवतीको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–२ की २५ वर्षीया प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आचार्यलाई आफ्नै घरको झ्यालमा करेन्ट लागेको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।