गभर्नर महाप्रसाद अधिकारीविरुद्धको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा रहेको राष्ट्र बैंक कार्यालय अगाडि नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।
नेबिसंघले भने भाटभटेनी नजिक प्रदर्शन गरेको थियो । राष्ट्रबैंक चोकमा केही बिद्यार्थी पक्राउ परेपछि क्रान्तिकारीले पनि नेबिसंघ संगै भाटभटेनीमा प्रदर्शन गर्यो ।
प्रदर्शनको क्रममा पाँच बिद्यार्थी पक्राउ परेको र एकजना घाइते भएको अखिल क्रान्तिकारीले बताएको छ ।
एमालेले यही असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन’ मा ‘अर्थ तथा योजना विभाग’ को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।
यसअगाडि २०७३ सालमा सोही विभागमा महाप्रसाद अधिकारी थिए अहिले एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ ।
तस्बिरहरू